पोखरामा प्लाष्टिकका फूल बेच्न नपाइने
के हुन्छ कारबाही ?
पाेखरा | कात्तिक १४, २०८१
पोखरा महानगरपालिकाले प्लाष्टिकजन्य माला, फूलका गुच्छाको आयात तथा विक्री वितरण गर्न रोक लगाएको छ ।
महानगरपालिका उपभोक्ता हित संरक्षण समितिको नेतृत्वमा पोखराका प्लाष्टिकजन्य फूलका माला र फूलका गुच्छा विक्री गर्ने ८ वटा पसलहरुमा अनुगमन गरेको हो ।
नेपाल सरकार वन तथा वातावरण मन्त्रालय अन्र्तगत वातावरण विभागले प्लाष्टिकजन्य फूलगुच्छाको उत्पादन आयात, विक्री वितरण वा भण्डारण गर्न प्रतिबन्ध गरेको छ ।
वि.स. २०७९ साउन १२ गतेबाट राजपत्रमा सुचना प्रकाशन गरी सोही मितिदेखि प्लाष्टिकजन्य फूलगुुच्छाको उत्पादन, आयात र विक्री वितरणमा पूर्णरुपमा रोक लगाउने निर्णय गरेको थियो । सोही निर्णयलाई कार्यान्वयन गर्दै पोखरा महानगरले विगत तीन वर्षदेखि पोखरामा प्लाष्टिकजन्य फूलगुुच्छा,माला विक्री वितरणमा रोक लगाएको हो ।
नेपालीहरुको दोश्रो ठूलो चाड तिहारमा प्लाष्टिकका पूूmल र माला बढी आयात हुने र विक्री वितरण हुने भएकाले अनुगमन गरिएको पोखरा महानगरपालिका सहकारी तथा उद्योग शाखा प्रमुख एवं अनुगमन समितिका सदस्यसचिव अनिल कार्कीले जानकारी दिए ।
८ वटा पसलबाट प्लाष्टिकजन्य फूलका समाग्री जफत
अनुगमनका क्रममा ८ पसलबाट ३० हजार मुल्य बराबरको प्लाष्टिकजन्य फूलका गुच्छा र माला जफत गरिएको छ भने, संचालकहरुलाई एक साताभित्र पोखरा महानगरमा उपस्थित हुन निर्देशन दिइएको छ ।
पोखरा ९ मा रहेको पुष्पराज प्लावर एण्ड ब्याडिङ्ग सप, सृष्टि फ्लावर, गढीमाई टेण्ट हाउस, पोखरा ४ मा रहेको एनएस फोटो फ्रेम एण्ड गिफ्ट कलेक्सन, गणेश पुजा सामग्री भण्डार, महाकाली पुर्जा सामग्री भण्डार र पोखरा ८ को एभरग्रिन फलावर सपमा अनुगमन गरिएको सहकारी उद्योग शाखाका अधिकृत ऋषिराम सापकोटाले जानकारी दिए ।
के हुन्छ कारबाही ?
वातावरण संरक्षण ऐनको दफा २२ को उपदफा (४) को खण्ड (क) वा (ख) बमोजिम वातावरण निरीक्षकबाट रु १५ हजारदेखि २० हजारसम्म जरिवाना हुने र सोही ऐनको दफा ४१ को उपदफा (२) बमोजिम विभागका महानिर्देशकबाट १ लाखसम्म जरिवाना हुन सक्ने व्यवस्था ऐनमा रहेको छ ।
महानगरले गत वर्ष १ लाख ९ हजार ९ सय १० रुपैयाँ बराबरको फूलका माला जफत गरिएको सहकारी उद्योग शाखाका अधिकृत ऋषिराम सापकोटाले जानकारी दिए ।
अनुगमनमा पोखरा महानगर आर्थिक विकास महाशाखा प्रमुख मनोहर कडरिया, महानगरका प्रशासन महाशाखा प्रमुख कृष्णप्रसाद तिवारी, पोखरा महानगर सहकारी तथा उद्योग शाखा प्रमुख अनिल कार्की, सहकारी तथा उद्योग शाखा अधिकृत ऋषिराम सापकोटा, सहकारी तथा उद्योग शाखाका राजु सुवेदी, राष्ट्रिय उपभोक्ता मञ्च पोखरा महानगरस्तरीय समितिका उपाध्यक्ष हुमनाथ अधिकारी, नगर प्रहरी लगायतको सहभागीता थियो ।
पोखरा । कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...
कास्की —पोखराको अमरसिंह चोकबाट एक महिला बेपत्ता भएकी छन् । मादी गाउँपालिका ८ पाखुरीकोट मिजुरे माइतीघर भई हाल रामबजार बस्ने रितु गुरुङ विगत केही दिनदेखि बेपत्ता भएकी हुन् । ...
कास्की — पोखरा लोकदोहोरी रेस्टुरेन्ट व्यवसायी संघ कास्कीको नेतृत्वमा तेस्रो पटक जिवन गुरुङ निर्वाचित भएका छन् । पोखरामा आज (आइतबार) भएको चौथो अधिवेशनबाट २ वर्षे कार्यकालका लागि जीवन गुरुङको...

